दफा ४०२
घर बहालको सम्झौता समाप्त भएको मानिने
देहायको कुनै अवस्थामा दफा ३८६ बमोजिम गरेको घर बहालको सम्झौता समाप्त भएको मानिनेछ :–
(क) बहालमा लिने व्यक्तिले घर छाडेमा,
(ख) घरधनीले बहालमा बस्ने व्यक्तिलाई घरबाट हटाएमा,
(ग) बहालमा लिने, दिने व्यक्तिले आपसी सहमतिमा सम्झौता रद्द गरेमा,
(घ) घर बहालको अवधि समाप्त भएमा ।